छात्रवृत्तीहरु

From Wikimania 2014 • London, United Kingdom
This page is a translated version of the page Scholarships and the translation is 88% complete.
Outdated translations are marked like this.

आवेदन फारमहरु लिन बन्द । सम्पूर्ण आवेदकहरुलाई अन्तिम निर्णयको जानकारी गराईएकोछ । तपाईको आवेदनहरुको लागी धन्यवाद!

"विकिमेनिया २०१४ छात्रवृत्ती कार्यक्रम"

विकिमेनिया २०१४ को विकिमेडिया गतिविधि सम्बन्धी १० औं बार्षिक अन्तराष्ट्रिय सम्मेलन आउँदो २०१४ अगष्ट ६ देखी १० सम्ममा हुन गई रहेकोछ । सो कार्यक्रम सञ्चालन हुने स्थान लन्डन स्थित बारबिकन केन्द्र रहेकोछ । यस विकिमेडिया संस्थापन ले विकिमेनियामा भाग लिने व्यक्तिहरुको भाग लिँदा लाग्ने खर्चलाई कम गर्ने प्रयोजनले सिमित छात्रवृती सिटहरु दिने प्रस्ताव गरेको हो । ‍‍== महत्वपूर्ण मितिहरु ==

छात्रवृत्ती कार्यक्रमको अनुमानित समयावधी निम्नानुसार रहेको छः

  • छात्रवृत्ती आवेदन खुल्नेः बुधवार ८ जनवरी २०१४
  • आवेदन भर्नु पर्ने अन्तिम मितिः सोमवार १७ फेब्रुअरी २०१४ २३:५९ युटिसि
  • छात्रवृत्ती समितिबाट आवेदन पुनरावलोकलः फेब्रुअरी-अप्रिल २०१४
  • आवेदकहरुलाई प्रथम चरण को निर्णयको जानकारीः २०१४ मार्च महिनाको शुरुमा
  • आवेदकहरुलाई अन्तिम छनौटको निर्णयको जानकारीः २०१४ अप्रिल महिनाको शुरुमा

कार्यक्रमको लक्ष्यहरु

  • विकिमेनिया २०१४ लाई सफल तथा उत्पादनमूलक अन्तराष्ट्रिय सम्मेलन बनाउने ।
  • सम्मेलनमा भाग लिन आउने व्यक्तिहरुलाई प्रोत्साहन दिई विकिमेडिया परियोजनाहरुलाई सहयोग गर्ने ।
  • विकिमेडिया गतिविधिमा विविध समुहका व्यक्तिहरुलाई सहभागि गराई सम्मेलनलाई फलदायक बनाउने ।

‍‍== छात्रवृत्तीका प्रकारहरु ==

विकिमेडिया संस्थानले प्रदान गर्ने छात्रवृत्ती निम्न खर्चहरुमा लागु हुने छन्ः

  • आतेजाते भ्रमण
  • एक भन्दा बढी व्यक्ति मिलेर बसेको बास
  • सम्मेलनको दर्ता शुल्क

आंशिक छात्रवृत्ती हाल विकिमेडिय संस्थानबाट उपलब्ध गराईएको छैन । कृपया छात्रवृत्ती कुन खर्चमा लागु हुन्छ तथा सम्मेलनमा भाग लिन आउने व्यक्तिले आफैले गर्नु पर्ने खर्चको बारेमा थप जानकारीको लागी प्रायः सोधिने प्रश्नहरु हेर्नु होस ।

आवेदन भर्नको लागी आवश्यक योग्यता

विश्वभरीका कुनै पनि विकिमेडिया परियोजनाका सक्रिय योग्दानदाता, वा अन्य कुनै क्षमता अनूसारको विकिमेडियाका स्वयंमसेवाहरुलाई योग्य मानिनेछ । निःशुल्क ज्ञान, निःशुल्क सफ्टवेयर, सहयोग वा शैक्षिक नेतृत्वका सहभागीहरुलाई पनि आवेदन भर्नको लागि प्रोत्साहन गर्दछौं । कृपया योग्यता सम्बन्धी थप जानकारीका लागी प्रायः सोधिने प्रश्नहरु हेर्नु होस् । ‍== छनौट प्रक्रिया ==

विकिमेडिया संस्थान छात्रवृत्तीको लागी प्राप्त सबै आवेदनहरु छात्रवृत्ती समिति ले पुनरावलोकन गर्नेछ । छात्रवृत्ती प्राप्त गर्ने संख्याहरु मस्यौदाको रुपमा निम्नानुसार विश्वका विभिन्न क्षेत्रहरमा बाँडफाँड गरिएकोछ ।

क्षेत्रिय बाँडफाँड
एशिया प्यासेफिक 30%
पूर्व यूरोप तथा मध्य एशिया 10%
उत्तर/पश्चिम/दक्षिण यूरोप 10%
उत्तर अफ्रिका तथा पश्चिम एशिया 10%
उप-सहारान अफ्रिका 10%
उत्तर अमेरिका 10%
मध्य तथा दक्षिण अमेरिका 20%

माथि उल्लेखित मापदण्डहरु भन्दा फरक प्रक्रिया अवलम्बलन गर्न, अयोग्य आवेदकहरुलाई अनिर्णित राख्न सक्ने सर्वाधिकार छात्रवृत्ती समितिले हुनेछ । क्षेत्रगत रुपमा सबै देशहरुको सूची /क्षेत्रहरु मा उपलब्ध छ ।

प्राप्त आवेदनहरुलाई पुनरावलोकको दौरान क्षेत्रगत रुपमा वर्गिकरण गर्दा सबै आवेदनहरुमा उत्पत्तिको आधारमा नभई तोकिएको मापदण्ड अनुसारको पुनरावलोकन प्रक्रिया अवलम्बन गरिनेछ । यो प्रक्रियामा पुनरावलोकनका तीन चरणहरु छन् ।

  • प्रथम चरण सम्पूर्ण आवेदनहरुलाई तीन वा सो भन्दा बढी पुनरावलोकनकर्ताहरुले हरेक आवेदनहरुलाई प्रथम चरणको छनौट आधारहरु अनुरुप स्वतन्त्रहरुपमा शुन्य (अनुत्तीर्ण) तथा एक (उत्तीर्ण) गरी अंक प्रदान गर्दै पुरनावलोकन गर्ने छन् । तीन वा सो भन्दा बढी पुनरावलोकनकर्ताहरुको पुनरावलोकनबाट उत्तीर्ण भएका सम्पूर्ण आवेदनहरुले प्रथम चरणको छनौट उत्तीर्ण गर्ने छन्; दुई वा सो भन्दा कम पुनरावलोकनकर्ताबाट मात्र उत्तीर्ण भएका आवेदनहरु प्रथम चरणमा अनुत्तीर्ण मानिनेछ र यी आवेदनहरुलाई दोश्रो चरणमा पुनरावलोकन गरिने छैन । सम्पूर्ण आवेदकहरुलाई पुनरावलोकन कार्य सम्पन्न भई सके पछि इमेल मार्फत आवेदनको छनौटको बारेमा जानकारी गराईनेछ ।
  • दोश्रो चरण बाँकी रहेका सबै आवेदनहरुलाई थप गहराईका साथ कम्तीमा तीन पुनरावलोकनकर्ताहरुले पुनरावलोकन गर्ने छन् । प्रत्येक पुनरावलोकनकर्ताहरुले स्वतन्त्र रुपमा पुनरावलोकन गरी आवेदनहरुलाई पूर्ण अंक प्रदान गर्नको लागी दोश्रो चरणको छनौट आधारहरु अनुरुप अंक प्रदान गर्ने छन् ।
  • तेश्रो चरण विकिमेडिया संस्थानको सहयोगमा छात्रवृत्ती समितिले कुल उपलब्ध बजेट तथा सो लाई प्रत्येक क्षेत्रमा कसरी बाँडफाँड गर्ने साथै एक जना सहभागीलाई कती रकम आवश्यक पर्ने (उदाहरणको लागी कुनै व्यक्ति विकिमेनिया २०१४ मा सहभागी हुन दक्षिण अफ्रिकाबाट आउँदा फ्रान्सबाट आउने सहभागी भन्दा बढी आर्थिक श्रोतको आवश्यक पर्ने हुन्छ) समेतको बारेमा निर्कयौल गर्नेछ । आवेदनहरुलाई दुई चरणमा प्राप्त गरेको जम्मा अंकको आधारमा क्षेत्रगत रुपमा श्रेणीकरण गरिनेछ; प्रत्यके क्षेत्रमा बढी अंक प्राप्त गर्ने आवेदन स्वत छात्रवृत्ती प्राप्त गर्नेछ । यदी एक जना भन्दा बढि आवेदकहरुले प्राप्त गरेको अंक मिल्दो वा न्यून फरक रहेको अवस्थामा छात्रवृत्ती प्राप्त गरिसकेका आवेदकले भन्दा छात्रवृत्ती प्राप्त नगर्ने व्यक्ति तथा भर्खर छात्रवृत्ती प्राप्त गरेको आवेदक भन्दा धेरै अगाडी छात्रवृत्ती प्राप्त गरेको आवेदकलाई प्राथमिकता दिईनेछ । देशहरुका प्रत्यके क्षेत्रमा स्वच्छ बाँडफाँड होस भन्नको लागी सबैभन्दा बढी अंक प्राप्त गर्ने आवेदकहरु बिच पनि थप समायोजन गर्न सकिनेछ ।

तेश्रो चरण सकिए लगत्तै बाँकी रहेका आवेदकहरुलाई निजको आवेदन छनौट भए नभएको निर्णयको जानकारी इमेल मार्फत गराईनेछ । छनौट भएका आवेदकहरुलाई दिईएको छात्रवृत्ती स्वीकार गर्ने तथा विकिमेनिया २०१४ मा सहभागीतालाई सदर गर्ने मौका दिईनेछ । थोरै आवेदकहरुलाई प्रतीक्षा सुचीमा राखिनेछ; यी आवेदकहरुलाई छनौट भएका आवेदकहरुले छात्रवृत्ती स्वीकार नगरेको तथा छात्रवृत्तीको लागी अनुमान गरिएको आर्थिक श्रोतको प्रयोगको आधारमा पछी छात्रवृत्ती प्रदान गर्न सकिनेछ ।

छनौट आधारहरु

प्रथम चरण

यदि तल उल्लेखित कुनै आधारहरु आवेदनमा लागु भएको खण्डमा प्राप्त आवेदनलाई प्रथम चरणको छनौट पुनरावलोकन अनुरुप अनुतिर्ण मानिनेछ ।

  1. आवेदन पुरै वा प्राथमिक रुपमा विषय भन्दा बाहिर वा अपमानजनक भएमा ।
  2. आवेदकले आवेदन फारममा उल्लेखित प्रश्नहरुको जवाफ दिन मनासिब प्रयास नगरेको ।
  3. आवेदकले छात्रवृत्ती प्रदान गर्नको लागी योग्य हुन आवश्यक महत्वपूर्ण योगदान प्रदर्शन गर्न नसकेको ।
  4. सम्मेलन अंग्रेजी भाषामा सञ्चालन हुने हुनाले, आवेदकले आवेदन तथा अन्य कही विकिमेनियामा सहभागी हुन आवश्यक अंग्रेजी भाषाको कौशल भएको प्रमाण नदेखाएको ।

अयोग्य हुने आधार नभएका आवेदनहरुलाई दोश्रो चरणमा तल उल्लेखित थप जाँचबुँझ गरिनेछः

दोश्रो चरण

दोश्रो चरणको छनौटका आधारहरु
विकिमेडिया परियोजनाहरु, साझेदार संस्था वा प्रयत्नहरुमा गरेका क्रियाक्लाप (५०%)
अन्य निःशुल्क ज्ञान, निःशुल्क सफ्टवेयर, हातेमालो वा शैक्षिक प्रयत्नहरुमा गरेका क्रियाक्लाप (२०%)
विकिमेनिया तथा विकिमेडिया गतिविधिमा भएको इच्छा (३०%)

दोश्रो चरणमा आवेदनहरुलाई प्रत्येक आाधारमा शुन्य देखी दश अंक सम्म प्रदान गरी तल उल्लेखित त्रीआयामहरुबाट पुनरावलोकन गरिनेछ । जोर अंक प्रदान गरिएको अवस्थामा मात्र विवरण दिईनेछ भने आवेदकलाई दुई विवरणको मध्यमा पर्ने निर्कयौल भएमा विजोर अंक प्रदान समेत प्रदान गरिनेछ । यस पश्चात प्राप्त गरेका यि अंकहरुको जम्मा अंक दिनको लागी औसत तथा अंकभारित निकालिनेछ ।

विकिमेडिया परियोजनाहरु, साझेदार संस्था वा प्रयत्नहरुमा गरेका क्रियाक्लाप "(पूर्ण अंकको ५०%)"

विकिमेडिया परियोजनाहरु, च्यापटरस वा इनिसिएटिभ जस्ता साझेदार संस्थाहरुमा रहेको संलग्नताले आवेदकहरुले विकिमेनियमा निजले गरेको योगदानबाट प्राप्त गरेको अनुभव तथा ज्ञानबाट उपयोगिता थप गर्नेछ भन्ने बारे इंगित गर्दछ । अनलाईन गतिविधिहरुका उदाहरणहरु भनेको लेख लेखन, चित्र अपलोड गर्ने तथा कलाविमुखतालाई व्यवस्थापन गर्नेहरु पर्दछ । अफलाईन गतिविधिहरुका उदाहरणहरु भनेको ग्लाम इभेन्टस मा सहभागि हुनु, क्याम्पस एमबेसेडर प्रोग्राम मा संलग्न हुनु, तथा बैठकहरुमा सहभागी हुनु हो । आवेदकहरुलाई आवेदन फारममा यी अनलाईन तथा अफलाईन दुवै खालका अनुभवहरु उल्लेख गर्न प्रोत्साहन दिन्छौ ।

0 = विकिमेडिया परियोजनाहरु, साझेदार संस्था वा प्रयत्नहरुमा कुनै सहभागीता नभएको ।
2 = विकिमेडिया परियोजनाहरु, साझेदार संस्था वा प्रयत्नहरुमा अत्यन्त कम वा आक्कल झुक्कल सहभागिता रहेको ।
4 = आक्कल झुक्कल वा कम सहभागिता रहि विकिमेडिया परियोजनाहरु, साझेदार संस्था वा प्रयत्नहरुमा न्यून प्रभाव रहेको ।
6 = निरन्तर वा मध्यम सहभागिता रहि विकिमेडिया परियोजनाहरु, साझेदार संस्था वा प्रयत्नहरुमा मध्यम प्रभाव रहेको ।
8 = लगनशिल वा वढी सहभागिता रहि विकिमेडिया परियोजनाहरु, साझेदार संस्था वा प्रयत्नहरुमा उच्च तथा विविध प्रभाव रहेको ।
10 = उच्च लगनशिल वा उच्च सहभागिता रहि विकिमेडिया परियोजनाहरु, साझेदार संस्था वा प्रयत्नहरुमा उच्च तथा उच्च विविध प्रभाव रहेको ।

अन्य निःशुल्क ज्ञान, निःशुल्क सफ्टवेयर, हातेमालो वा शैक्षिक प्रयत्नहरुमा गरेका क्रियाक्लाप "(पूर्ण अंकको २०%)" =

आवेदकको अन्य निःशुल्क ज्ञान, निःशुल्क सफ्टवेयर, हातेमालो वा शैक्षिक प्रयत्नहरुमा गरेका क्रियाक्लापहरुले सम्मेलनमा निजको नयाँ सान्दर्भिक अनुभव, ज्ञान तथा नविन पध्दतीले विकिमेनियामा थप उपयोगिता गर्नेछ भन्ने कुरा इंगित गर्दछ । सान्दर्भिक प्रयत्नहरु भनेको कि सामान्य शिक्षा सम्बन्धी मान्यता वा स्वतन्त्र संस्कृति सान्दर्भिक वा दुवैलाई जनाउँदछ । उदाहरणको लागि आईसिटी४डि, मुडल, ओपरस्ट्रिटम्याप, गुटेनवर्ग परियोजना तथा क्रियटिभ कमनस संस्था । यदी कुनै परियोजनाले विकिमेडिया संस्थानको अनुमति नीति पालना गर्नु नपर्ने वा सहयोग गर्नु नपर्ने भएमा त्यसलाई सान्दर्भिक मानिनेछ । आवेदकहरुलाई आवेदन फारममा सान्दर्भिक प्रयत्नहरु सम्बन्धमा अनलाईन तथा अफलाईन दुवै खालका अनुभवहरु तथा आवेदकको सम्मेलनमा सहभागिताले कसरी यी प्रयत्न वा विकिमेडिया अभियान वा दुवै लाई फाईदा पुर्याउछ उल्लेख गर्न प्रोत्साहन दिन्छौ ।

0 = अन्य निःशुल्क ज्ञान, निःशुल्क सफ्टवेयर, हातेमालो वा शैक्षिक प्रयत्नहरुमा कुनै सहभागीता नभएको ।
2 = अन्य निःशुल्क ज्ञान, निःशुल्क सफ्टवेयर, हातेमालो वा शैक्षिक प्रयत्नहरुमा अत्यन्त कम वा आक्कल झुक्कल सहभागिता रहेको ।
4 = आक्कल झुक्कल वा कम सहभागिता रहि अन्य निःशुल्क ज्ञान, निःशुल्क सफ्टवेयर, हातेमालो वा शैक्षिक प्रयत्नहरुमा न्यून प्रभाव रहेको ।
6 = निरन्तर वा मध्यम सहभागिता रहि अन्य निःशुल्क ज्ञान, निःशुल्क सफ्टवेयर, हातेमालो वा शैक्षिक प्रयत्नहरुमा मध्यम प्रभाव रहेको ।
8 = लगनशिल वा वढी सहभागिता रहि अन्य निःशुल्क ज्ञान, निःशुल्क सफ्टवेयर, हातेमालो वा शैक्षिक प्रयत्नहरुमा उच्च तथा विविध प्रभाव रहेको ।
10 = उच्च लगनशिल वा उच्च सहभागिता रहि अन्य निःशुल्क ज्ञान, निःशुल्क सफ्टवेयर, हातेमालो वा शैक्षिक प्रयत्नहरुमा उच्च तथा उच्च विविध प्रभाव रहेको ।

विकिमेनिया तथा विकिमेडिया गतिविधिमा भएको इच्छा "(पूर्ण अंकको ३०%)"

विकिमेनिया तथा विकिमेडिय गतिविधिहरुमा आवेदकको इच्छा हुनुले आवेदकले विकिमेनियमा महत्वपूर्ण योगदात पुर्याउने छन् भन्ने कुरा इंगित गर्नेछ तथा त्यस्ता आवेदकहरुलाई नै बढी भन्दा बढी छात्रवृत्ती प्रदान गरिनेछ । आवेदकहरुलाई विकिमेनियामा किन तपाईको रुचि छ, तपाई कसरी सम्मेलनमा सहभागी हुने सोच गर्नु भएको छ(पेशगरेकाहरु सहित), तथा यसबाट तपाईले के लिएर जाने लागी आश गर्नु भएकोछ - के तपाई व्यक्तिगत तरव वा विकिमेडियाको वा स्वतन्त्र संस्कृती सम्बन्धी गतिविधीको फाइदाको भन्ने कुरा लेख्न हामी प्रोत्साहन गर्दछौं । याद राख्नु होस तपाईको जवाफलाई पुनरावलोकनको दौरान चरम विश्लेषण गरिनेछ- बढाईचढाई वा अविश्वनिय भन्दा वीनित तथा विश्वनिय जवाफले बढी श्रेय प्राप्त गर्नेछ ।

0 = विकिमेडिया गतिविधिमा कुनै इच्छा नभएको; आवेदकले किन विकिमेनियामा भाग लिन खोजेको हो भन्ने सम्बन्धमा कुनै तर्क नदिएको ।
2 = विकिमेडिया गतिविधिमा कुनै स्पष्ट इच्छा नभएको; आवेदकले किन विकिमेनियामा भाग लिन खोजेको हो भन्ने सम्बन्धमा अविचारयोग्य वा सामान्य तर्क दिएको ।
4 = विकिमेडिया गतिविधिमा कुनै सिमित इच्छा भएको; आवेदकले किन विकिमेनियामा भाग लिन खोजेको हो भन्ने सम्बन्धमा अस्पष्ट वा अविश्वासनिय तर्क दिएको ।
6 = विकिमेडिया गतिविधिमा कुनै मध्यम इच्छा भएको; आवेदकले किन विकिमेनियामा भाग लिन खोजेको हो भन्ने सम्बन्धमा केही उब्जेका तथा मध्यम विश्वासनिय तर्क दिएको ।
8 = विकिमेडिया गतिविधिमा कुनै तिव्र इच्छा भएको; आवेदकले किन विकिमेनियामा भाग लिन खोजेको हो भन्ने सम्बन्धमा धेरै उब्जेका तथा विश्वासनिय तर्क दिएको ।
10 = विकिमेडिया गतिविधिमा कुनै उच्च तिव्र इच्छा भएको; आवेदकले किन विकिमेनियामा भाग लिन खोजेको हो भन्ने सम्बन्धमा केही उत्कृष्ट उब्जेका तथा अधिक विश्वासनिय तर्क दिएको ।

प्रश्नहरु

कृपया विकिमेनिया २०१४ छात्रवृत्ती कार्यक्रमको सम्बन्धमा थप जानकारीको लागी प्रायः सोधिने प्रश्नहरु (प्रायः सोधिने प्रश्नहरु) पृष्ठ हेर्नु होस ।

पेश गर्ने

लन्डनमा हुने विकिमेनिय २०१४ मा लाग्ने खर्चमा सहयोगको लागी उपलब्ध गराईएको छात्रवृत्ती मिति १७ फेब्रुअरी २०१४ २३:५९ युटिसी सम्ममा पूर्णरुपमा भरिएको आवेदन फारम पेश गर्नु होला । आवेदन पेश गर्नु अगाडी आवेदकहरुले आवेदनमा भएको सम्पूर्ण कुराहरु तथा प्रायः सोधिकने प्रश्नहरु लाई ध्यान दिएर हेर्नको लागी अनुरोध गरिन्छ ।

अघिल्लो छात्रवृत्ती पाउने व्यक्तिहरुसँग भेट्नुहोस

हामीसँग विश्वभरीका आवेदकहरु छन् । कोहीलाई भेट गर्नु होस्, उनीहरुका कार्य अनुभवहरु सिक्नुहोस् तथा तपाई अघिल्ला आवेदकहरुसँग कसरी मिल्नु भया हामीलाई भन्नुहोस् ।


Poongothai Balasubramanian

I taught math for 33 years. My students kept me feeling young, and reminded me how much I love my country.

When I retired, my son was worried I would get rusty. So he introduced me to Wikipedia. He explained that anyone can contribute, and showed me how.

Since then, I've created articles on quadratic functions, probability, charts, graphs and more. I've made 7,000 edits in all.

I write in Tamil: my favorite language and my mother tongue, spoken by 85 million people across the world. I've also uploaded more than 6,000 audio files to Wiktionary, demonstrating proper pronunciations for common Tamil words. Now, more people can share in this beautiful language.

As a teacher and a mother, I was always busy. But now that I'm retired and my children are grown, my time is my own — all 24 hours of it! And I spend every day on Wikipedia.

I'm a volunteer. No one pays me. But helping edit Wikipedia has become my life's work. Even though I'm not in the classroom, I'm still doing what I care about most: helping a new generation of students learn, in the language I love.


Ravan Jaafar Altaie

Today, there is a gap between the developing world and the developed world. It's not about money, and it's not about power. It's about knowledge.

If you follow the news, you probably remember reading about the Arab Spring. For young people like me and my friends, it was the beginning of a new era. As momentous events happened, we were obsessed with the news, following up second by second. We were checking our phones, Facebook, Twitter.

And I was writing on Wikipedia. I love Wikipedia because it's impartial; it's the best source for up-to-date information from a neutral point of view. I looked at CNN, Al Jazeera and the BBC, searching for the most reliable sources. Then I added updates in real time.

It's incredible. Everyone could know what was happening, as it happened. We could share the truth with people across the world.

We want a world that is more open, more educated, and more free. We want a world where knowledge is available to anyone that seeks it.

It's time for us to change our world. Will you help?


Dumisani Ndubane

My wife and I have a friendly competition. You see, my wife speaks Zulu, I speak Xitsonga, and our children are going to have a tough time choosing which language to use.

As you can imagine, each of us hopes our children will choose our own language. But I have a secret weapon: Wikipedia.

I believe a language should be able to break the cyber barrier. If it's not on the internet, it's a dying language. By contributing to Xitsonga Wikipedia, I help keep my language alive.

In the 1900s, a Swiss missionary began cataloging the culture and artifacts of the Xitsonga-speaking people. His two-volume book is now in the public domain. I am translating this text into Xitsonga, supplemented with my own knowledge.

Every language is part of the human feeling. All the languages that have ever been in the world, they define us as humans. When a language dies, it takes something with it.

Whether my children choose my language or my wife’s language, the important thing is that they have the choice. And as long as we keep our languages alive through Wikipedia, they will.

साझेदार छात्रवृत्तीहरु

विकिमेनिया २०१४ को लागी छात्रवृत्ती प्रदान गर्ने विकिमेडिय संस्थान मात्र एक्लो संस्था होइन; केही विकिमेडीया साझेदार संस्थाहरु जस्तैः च्यापटरहरुविषयगत संस्थाहरु हरुले पनि आ-आफ्नो छात्रवृत्ती उपलब्ध गराई रहेका छन् ।

विकिमेडिया संस्थानको छात्रवृत्तीको लागी पेश गरिएको छात्रवृत्ती आवेदन फारमहरु तल उल्लेखित साझेदारहरुले संकल्न गर्ने छन् - आवेदकहरुले साझेदारहरुसँग छुट्टै आवेदन फारम भर्नु पर्ने आवश्यकता छैन ।

विकिमिडिया ड्चल्याण्डः ३५ छात्रवृत्रिहरु (€७००)

  • विकिमिडिया ओस्टेरिइचः ८ छात्रवृत्तीहरु
  • Wikimedia CH: 10 scholarships (for editors of French, German, Italian or Romansh language projects in whose country no FDC funded Wikimedia Chapter exists)
  • Wikimedia India: 2 scholarships for Indian residents
  • Wikimédia Magyarország: up to 10 full scholarships for Hungarians/foreign Wikip/m/edians residing in Hungary

तल उल्लेखित साझेदारहरुले छात्रवृत्ती उपलब्ध गराउने छन् तर विकिमेडिया संस्थान छात्रवृत्ती आवेदन फारमको प्रयोग गर्ने छैनन् । सो छात्रवृत्तीमा रुची भएका विकिमेडियन्सहरु सोझै साझेदारकोमा आवेदन पेश गरी छात्रवृत्ती प्राप्त गर्न सक्नु हुनेछ ।

अझसम्म नभएको

  • Wikimedia NL: please see Beurs Wikimedia Nederland
  • Wikimedia FR
  • Amical Wikimedia: 10 scholarships, 350€ each (info)
  • Wikimedia Italia: 8 scholarships, 600€ each (info)